दफा ३
गुठी संस्थान कायम रहने
(१) गुठी संस्थान ऐन, २०२१ अन्तर्गत स्थापना भएको गुठी संस्थान यसै ऐन अन्तर्गत स्थापना भएको मानी कायमै रहनेछ ।
(२) संस्थान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ । यसको कामको निमित्त एउटा आफ्नो छाप हुनेछ । यसले आफ्नो नामबाट नालिस उजूर गर्न सक्नेछ र यस उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
(३) यस ऐनको र यस ऐन अन्तर्गत बनेको विनियमको अधीनमा रही संस्थानले चल–अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न र कुनै प्रकारले हस्तान्तरण गरिदिन सक्नेछ ।
(४) संस्थानको प्रधान कार्यालय काठमाडौंमा रहनेछ ।